खस आर्यको आरक्षण खारेज गर्न युरोपियन युनियनको सुझाव

काठमाडौँ- युरोपेली युनियनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको छ।
निर्वाचनको पयवेक्षणका लागि नेपालमा आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरक्षणसम्बन्धी आरक्षण प्रणालीको प्रभाव समीक्षा गर्न सुझाएको हो।
युरोपियन युनियनको  १० बुँदे सुझावमा भनिएको छ, ‘समावेश गरिएका समूहबाट खस आर्यलाई हटाउने।’नकारात्मक विभेद भोगेका समूहलाई मात्र सकारात्मक कार्यसम्बन्धी उपायहरु लागू हुने सुनिश्चित गर्न युरोपेली युनियनले सुझाव दिएको छ।
ईयूको निर्वाचन मिसनले मतदाता शिक्षाको प्रभावकारितामाथि प्रश्न उठाएको छ। युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनका प्रमुख जेल्याना जोभ्कोले मतदाता शिक्षा प्रभावकारी हुन नसक्दा धेरै मत बदर भएको बताइन्। भाडाको घरमा बस्ने तथा अनौपचारिक वस्तीमा बस्नेहरुको मतदाता दर्ता स्थानान्तरण गर्ने प्रक्रिया सरल बनाउन पनि मिसनले सुझाव दिएको छ।
चैत ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्