प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा

सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौं – प्रदेश सरकार सञ्चालनमा विभिन्न कठिनाइ भइरहेको गुनासो आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै गरिहेका छन्।

सातै प्रदेशकासिंहदरबारमा भइरहेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीसहित सचिवहरुको उपस्थिति छ । छलफलका लागि सबै प्रदेशका मुख्यमन्त्रीलाई मंगलबार नै काठमाडौं आएका थिए ।

सातै प्रदेशका
सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालका अनुसार प्रदेश सरकार सञ्चालनमा आइपरेका समस्या समाधानबारे पहिलो पटक संयुक्त छलफल केन्द्रित छ ।

सातै प्रदेशकाछलफलमा प्रदेश सरकार सञ्चालनका विज्ञ पनि सामेल भएका छन् । यस अघि प्रधानमन्त्री ओलीसँग मुख्यमन्त्रीहरुले छुट्टाछुट्टै भेट गर्दै समस्या राखेर फर्कने गरेका थिए ।

पूर्वाधार विकास, कानुन निर्माण, सेवा सुविधा, कर्मचारी परिचालन, दरबन्दी लगायत विषयमा छलफल हुँदैछ ।

चैत ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्