एनआईसीले ल्यायो ‘समुन्नति बचत खाता’, खाता खोल्दा ५ लाखको दुर्घटना बीमा गरिने

काठमाडौं- एनआईसी एशिया बैंकले ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ। समुन्नति बचत खातामा कुनै पनि शाखाबाट निशुल्क पैसा झिक्न सकिने, भिसा डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकि¨ र डिम्याट खाताको निशुल्क उपलब्ध गराउनुको साथै वार्षिक लकर शुल्कमा पनि ५० प्रतिशत छुट प्रदान गरिनेछ। मासिक १० लाख रुपैयाँ भन्दा बढी बचत गर्ने ग्राहकलाई घरमै पुगेर सेवाप्रदान गरिने बैंकले जनाएको छ। यस्तै मोबाइल बैंकि¨ सेवालिँदा एनटिसी वा एनसेल को १०० रुपैयाँ बराबरको रिचार्ज कार्ड निशुल्कप्रदान गर्ने बैंकले जनाएको छ।

समुन्नति बचत खाता एक हजार रुपैयाँ न्यूनतम मौन्दातमा खोल्न सकिने बैंकले जनाएको छ। खातामा बार्षिक ८ प्रतिशतका दरले मासिक ब्याज प्रदान प्रदान गरिनुको साथैं ग्राहकहरुलाई ५ लाख रुपैयाँसम्मको दुर्घटनाबीमासुविधा समेत निशुल्क प्रदान गरिनेछ।साथै, खातामा निशुल्क ‘गुड फर  पेमेन्ट चेक’ जारी गर्न सकिने सुविधा पनि रहेको छ। र ब्यालेन्स सर्टिफिकेट जारी गर्दा पनि कुनै पनि शुल्क नलिने बैंकले जनाएको छ।

बैंकले देशभरमा १ सय ८४ शाखा १ सय ८७ एटिएम ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५ हजार भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्षएवं अप्रत्यक्ष समेत गरी) सहित ५ हजार ३ सय ७८ भन्दा बढि भौतिक सञ्जालमार्फत बैकिङ्ग सेवाप्रदान गरिरहेको छ।

चैत ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्