प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई भने, अकालमा कोही नमरोस्

मुख्यमन्त्रीहरुसँग बैठक गर्दै प्रधानमन्त्री केपी शर्मा औली। तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ– सिंहदरबारमा प्रदेश मुख्यमन्त्रीहरुको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलेअब नेपालमा समृद्धि र विकासको विकल्प नभएको उल्लेख गर्दै दीगो विकासका लक्ष्य पूरा गर्न सुथानीय तहलाई परिचालन गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा सातै प्रदेश प्रमुखहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रेको छैन, झन सन्तुलित भएर गएको छ।’

उनले हामीले राष्ट्रिय हितमा काम गर्नुपर्ने बताए। उनले भने, ‘असफल हुने छुट अब मलाई र तपाईं, सबैलाई छैन, समृद्धि र विकासको विकल्प छैन।’

उनले प्रदेश सरकारब‍ीच राम्रो प्रतिष्पर्धा हुनुपर्ने उल्लेख गर्दै दिगो विकासको लक्ष्य पूरा गर्न स्थानीय तहलाई परिचालन गर्नुपर्नेसमेत उल्लेख गरे। ‘तराई होस् या पहाड, कसैलाई पनि अकालमा मृत्यु हुन नदिनुहोस्।पूर्ब गृहकार्य गर्नुहोस्।’

प्रधानमन्त्रीका भनाइ सुनिसकेपछि अहिले सातै प्रदेशका मुख्यमन्त्रीहरु पालैपालो बोलिरहेका छन्। उनीहरुले प्रदेश सरकार संचालनमा आइ परेका समस्या सुनाउन थालेका छन्।

चैत ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्