सरकारले पाँच थरि समिति बनाउने

काठमाडौँ- सरकारले महत्वपूर्ण विषयहरुमाथि छलफल गर्न र योजना तय गर्न राजनीतिक, सामाजिक, प्रशासनिक, आर्थिक पूर्वाधार र विधेयक समिति बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले बुधबार यो निर्णय गरेको सूचना तथा सञ्चारराज्यमन्त्री गोकुल बास्कोटाले सञ्चारकर्मीहरुसँग जानकारी दिए।

मन्त्रिपरिषद् बैठकमा प्रदेशको राजस्व संकलनसम्बन्धी प्रस्तावबारे समेत छलफल भएको मन्त्री बास्कोटाले जानकारी दिए।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको छलफलले अन्य विषयमा छलफल हुन नपाएकोसमेत मन्त्री बास्कोटाले जानकारी दिए।

चैत ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्