टिभिएसको मोटसाइकल किन्दा छुट, नयाँ वर्षमा नयाँ अफर

काठमाडौं – लामो समयदेखि नेपाली बजारमा विभिन्न मोडेलका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको टि.भि. एस. ले आफ्ना ग्राहकका लागि नयाँ वर्षको नयाँ योजना सार्वजनिक गरेको छ । टि.भि. एस. ले ‘नयाँ वर्षको सुरुवात, जीवनभरको साथ’ योजना ल्याएको हो ।

योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ८ हजार एक रुपैयाँ छुट पाइने कम्पनीले जनाएको छ । देशभरि रहेका टिभिएसका कुनै पनि आधिकारिक बिक्रेता तथा शो रुमबाट यो योजनाको फाइदा लिन सकिने जनाइएको छ ।

नेपाल र नेपालीको महानपर्वको रुपमा रहेको नयाँ वर्ष २०७५ को पावन अवसरमा ग्राहकको सम्मानसहित उपहार स्वरुप छुट प्रदान गर्न लागिएको कम्पनीका बजार प्रमुख बिक्रम पौडेलले जानकारी दिए ।

चैत ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्