महानगरपालिका विराटनगर, धारामा पानी चाहिँ आउँदैन

?

मोरङ- ‘आज विश्व खानेपानी दिवस, विराटनगर महानगरपालिका भित्रका अधिकांश घरटहरामा रहेको खानेपानी धारामा पानी आएको छैन, हैरान भईसकियो”, चापाकलबाट पार्नी सार्दै एक गृहणी गुनासो गर्दै थिइन्।

‘बुधबार बेलुकादेखि धारामा पानी आएको छैन’, विराटनगर १० तिनटोलियाकी स्थानीय कुसुम आचार्य भन्छिन्। प्रसङ उदाहरणमात्र हो। विराटनगर महानगरपाालिकामा यतिबेला विकास निमार्ण कार्य धमाधम भइरहेको छ।

विज्ञापन

प्रदेश नम्बर एकको संसदपनि लामो विदापछि बसेको छ त्यसैगरि मन्त्रीपरिषदको बैठक पाचौंपटक राजधानीमा बसिसकेको छ। तर, नागरिकको सम्बोधन न स्वच्छ खानेपानीमा हुन सकेकोछ न त धुलाम्मे सडकमा।

खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्र साह अनुसार, हाल नगरमा निर्माण भरहेको भौतिक संरचना, आन्तरिक समन्वयको अभावका कारण समस्या देखिएको हो।

“सडक निर्माण भइरहेको छ, निर्माण कम्पनीले न खानेपानी संस्थानसंग समन्वय गर्छ न त सडक विभागसंगै, कहा कति बेला पाइप फुट्छ जानकारी आउदैन र समस्या उत्पन्न हुने गर्दछ”, उनको गुनासो छ।

“पछिल्लोसमय शहरी बस्ती बढेसंगै महानगरपालिकामा दैनिक ३ करोड लिटर पानीको आवश्यक्ता रहेको छ”, खानेपानी संस्थान विराटनगरका प्रमुख शैलेन्द्र साह भन्छन्।

तर त्यसअनुरुप खानेपानी संस्थान घरमा जडित धारामा पानी पुराउन सकेको छैन। हाल महागनरपालिकामा धारा जोडिएको घरसंख्या १३ हजार ५० को संख्यामा रहेको संस्थानको भनाइ छ। तर, ती धारामा नियमीत रुपमा पानी व्‍यवस्थापन गर्न संस्थानले सकेको छैन। महानगरपालिकामा अवस्थित ती घरधुरीको धारामा दैनिक २ करोड लिटर संस्थानले पुराएको छ।

यद्यपि अझै पनि महानगरपालिकामा १ करोड लिटर पानी दैनिक अभाव रहेको छ। त्यो अभावलाई पूर्ति गर्नका लागि पनि अब संस्थानले गहकिलो कार्य योजना अघि सार्न सक्नुपर्ने देखिन्छ।

हाल महानगरपालिकामा संस्थानसंग ७ वटा पम्पिङ स्टेशन रहेको छ। जहा करिब १० वटा पानी ड्रिल गर्ने र पानी जम्मा गर्ने इनार रहेको छ। साहले भने, “चैत्रमा पानी सुक्ने हुनाले केही समस्या छदैछ, त्यसपछि झन् वर्षायाममा गाह्रो हुन सक्छ। त्यसैले निर्माणकर्ताले निकायसंग समन्वय गरे सबैलाई सहज हुने थियो।”

यसअघि, महानगरपालिका क्षेत्रमा भएको खानेपानी परियोजनामा जापानको अन्तराष्ट्रिय सहयोग नियोग जाइकाले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ।

चैत्र ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्