कांग्रेस बैठकमा महत्वपूर्ण जिम्मेवारी तोकिने, कोको बन्दै छन् पदाधिकारी?

काठमाडौँ- कमजोर चुनावी नतिजाको समीक्षा, प्रतिपक्षीको भूमिका र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरी रणनीति तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।

पार्टी उच्च स्रोतका अनुसार निर्वाचनपछि ठूलो ‘स्केल’मा बस्न लागेको बैठकमार्फत पार्टी नेतृत्वले संगठनका महत्वपूर्ण पदमा नियुक्ति गर्ने सम्भावना प्रवल छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संगठनको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री मानबहादुर विश्वकर्मालाई मनोनयन गर्ने तयारी गरेका छन्।

बैठकमा सहभागी हुन पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई उपस्थित हुन आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको छ।

चैत ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्