सन्दीपले आईपीएल खेल्दा लगाउने जर्सी सार्वजनिक

काठमाडौं-  सन्दिप लामिछानेले इण्डियन प्रिमियर लिग (आईपीएल) बाट खेल्दा लगाउने जर्सी बिहीबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

बिहीबार साँझ होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेल्दा नेपाली खेलाडी सन्दिप लामिछानेले लगाउने जर्सी सार्वजिनिक गरेका हुन्।

सन्दिपलाई दिल्लीले १ नम्बरको जर्सी दिएको छ। जर्सी सार्वजनिक कार्यक्रमका लागि दिल्ली डेयरडेभिल्सका प्रतिनिधि नेपाल आएका थिए।

हालै जिम्बाबेमा विश्वकप छनोट प्रतियोगिता खेलेर स्वदेश फर्किएका सन्दिप आईपीएल खेल्न आउँदो मंगलबार दिल्ली जाने कार्यक्रम छ।

आईपीएलको अक्सनमा दिल्ली डेयरडेभिल्सले सन्दिपलाई २० लाख भारुमा अनुबन्ध गरेको थियो। उनी आईपीएलमा आवद्ध हुने पहिलो नेपाली क्रिकेटर हुन् ।

चैत ८, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्