पर्यटनमन्त्री अधिकारीद्वारा पर्यटन विश्वविद्यालय खोल्ने घोषणा
काठमाडौं- पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यकाल भित्रमा पर्यटन विश्वबिद्यालय स्थापना गर्ने बताएका छन्।
पर्यटनका विषयमा नियमित अध्ययन र अनुसन्धान गर्न पनि बिश्वबिद्यालय आवश्यक रहेको मन्त्री अधिकारीले बताए।
उनले भने छुट्टै ऐन बनाएर पर्यटन बिश्वबिद्यालयको स्थापना गरिने छ। ऐनमा बिश्वबिद्यालयले सम्बन्ध दिन नपाउने व्यवस्था राख्नु पर्ने बताउँदै अधिकारीले आफ्नो कार्यक्रम बिस्तार गर्न भने छुट दिइने बताए।
पर्यटन क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न पनि बिश्वबिद्यालय स्थापना गरिने मन्त्री अधिकारीको भनाइ छ।
यस्तै पर्यटनमन्त्री अधिकारीले आफ्नो कार्यकालमा पर्यटन बोर्डलाई पनि विशुद्ध व्यावसायिक संस्थाको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।
पर्यटन बोर्डमा पत्रकारहरुसँग गरिएको अन्तर्क्रिया कार्यक्रममा मन्त्री अधिकारीले पर्यटन बोर्डलाई पर्यटन प्रवर्धनका नवीनतम योजनाहरु ल्याउन निर्देशन दिएका थिए।