झुलाघाटबाट ५२ बालकको उद्धार

बैतडी- बैतडीको सीमा नाका झुलाघाटबाट प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ।

बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा नाका प्रहरीचौकी झुलाघाटका प्रहरी प्रमुख चक्रदेव पाण्डेयले बताए।

जसमध्ये २८ जनालाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ भने २४ जनालाई अहिले सीमा नाका झुलाघाटमै राखेर परिवारको सम्पर्कमा लगाउने तयारी भइरहेको पाण्डेयले बताए।

बाह्र वर्षदेखि १९ वर्षसम्मका विद्यार्थी कोही घर परिवारको स्वीकृत लिएर भारत जाने गरेका छन् भने कोही भागेर भारत जान लागेको प्रहरीले जनाएको छ। उद्धार गरेका सबै बालकलाई आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्