चिनियाँ सामानमा ६० अर्ब डलर शुल्‍क लगाउने ट्रम्पको घोषणा, डटेर सामना गर्न चीन तयार

एजेन्सी- राष्ट्रपति डोनाल्ट ट्रम्प नेतृत्व अमेरिकी सरकारले चिनियाँ सामानमा ६० अर्ब डलर शुल्क लगाउने घोषणा  गरेको छ।

अमेरिकाले उक्त कथित रुपमा धेरै वर्षदेखि बौद्धि सम्पत्ति चोरी गरेको बदलामा उक्त कदम उठाएको बीबीसीले जनाएको छ।

ह्वाइट हाउसले भनेको छ ‘ चिनियाँ अर्थव्‍यवस्थाबाट भएको अन्‍यापूर्ण चुनौतिसँग सामना गर्नको लागि यो कदम उठाउनु परेको हो।’

यता, चीनले भनेको छ, ‘अमेरिकाको यो स्वार्थपूर्ण कदमलाई ‘उपयुक्त’ सयममा लड्न तयार छौ।’

यसअघि ट्रम्प प्रशासनले स्टील तथा आल्मुनियम लगायत धेरै विदेशी सामानमा आयात शुल्‍क बढाइदिएको थियो। यस्तै तरिकाबाट अब चीन र अमेरिकाबीच व्‍यापार युद्ध अर्थात कारोबारको लडाइको स्थित देखा परेको छ।

अमेरिकी राष्ट्रपतिडोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीका लागि अरु देशले बराबरीको नियम राख्‍नु पर्ने बताएका छन्।

ह्‍वाइट हाउससँग सम्बन्धित पत्रमा हस्ताक्षर गर्दै उनले भनेका छन्,’ हामी चीनसँग सम्झौतालाई लिएर लामो कुराकानी क्रममा छौ। हेर्दै जाँऔ परिणाम के निक्लिन्छ।’

किन लगाइयो चीनमाथि शुल्‍क?

चिनियाँ सामानमाथि शुल्‍क लगाउने निर्णय गर्नुअघि गत वर्ष अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले चिनियाँ नीतिलाई जाच्‍न आदेश दिएका थिए। ह्‍वाइट हाउसले भनेको छ, ‘३०१ इन्भेस्टिगेशन नामबाट बोलाउने उक्त रिभ्यूबाट पत्ता लाग्‍यो की धेरै काम अन्‍यायपूर्ण तरिकाले भइरहेको छ।जसमा विदेशी स्वामित्वमाथि प्रतिबन्ध लगाउनु पर्ने जसका कारण कम्पनीमाथि टेक्नोलोजी ट्रान्सफर गर्नु पर्ने दबाब बढेको छ।’

अमेरिकी कम्पनीमाथि चीनलअन्‍यायपूर्ण सर्त राखेर, रणनीतिक हिसाबले धेरै अमेरिकी कम्पनीमाथि साइबर हमला गराउने गरेको ट्रम्पको आरोप छ।

ह्‍वाइट हाउसले यस्ता सयौभन्दा धेरै उत्पादनको सूची तयार गरेको छ जसमा शुल्‍क लगाए पनि अमेरिकाले नै चिनियाँ कारोबारमा आफ्नो मूल्‍य तोक्‍न सक्छ। यसमा चीनलाई कारोबारका लागि सुझाव राख्‍न मात्र अवसर दिइनेछ।

एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी वर्ल्‍ड ट्रेड अर्गनाइजेशनमा पनि चीनको कथितपूर्ण अन्‍यायपूर्ण लाइसेन्स सर्तलाई खारेज गर्न अमेरिकाले पहल गर्नेछ।

अमेरिकाको ट्रेड नेगोशिएटर रोबर्ट लाइटाइजरले अमेरिकाको आर्थिक भविष्‍यको लागि अमेरिकी टेक्नोलोजीलाई बचाइ राख्‍नु अति आवश्‍यक रहेको बताएका छन्। उनले भनेका छन्, ‘ यो एकदमै महत्पू्र्ण कदम हो। यसले देशको भविष्‍यलाई सुरक्षित बनाउनेछ।’

उनले चीनमाथि दबाब बढाउन तथा अमेरिकी ग्राहकलाई चिनिया सामानप्रतिको मोह हटाउनु पर्ने बताएका छन्।

यता, विहीबार चिनिया वाणिज्‍य मन्त्रालयले अमेरिकी सरकारले लगाएको नयाँ शुल्‍कको डटेर सामना गर्न तयार रहेको जनाएको छ।

एक बयानमा वाणिज्‍य मन्त्रालयले भनेको छ, ‘ यदि चीनको वैध रुपमा रहेका अधिकारीमाथि अमेरिकाले कुनै नोक्‍सान पुर्‍याउँछ भने चीन चुप लागेर बस्दैन। हामीले आफ्ना अधिकारीहरुको रक्षाका लागि जहिले पनि लडन तयार रहन्छौ।’

यस्तै वाल स्ट्रीट जर्नलका अनुसार चीनले यस्तो शुल्क लगाउने तयारी गरिरहेको छ जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्‍वयम आफैले समर्थन गर्न बाध्‍य हुनेछन्। यसमा अमेरिकाबाट हुने कृषि उत्पादनको निर्यात पनि समावेश हुनेछ।

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्