ट्रकको ठक्कर दिँदा पैदलयात्रीको ज्‍यान गयो

चितवन- चितवनको नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१९ स्थित जुगेडीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार साँझ ७ बजेको समयमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको हो।

ठक्कर दिने ट्रकका चालक नियन्त्रणमा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्