नयाँ वर्षदेखि बुद्ध एयरको दैनिक सुर्खेत उडान

काठमाडौं-बुद्ध एयरले आउँदो बैशाख १ बाट सुर्खेतको दैनिक उडान सञ्चालन गर्ने भएको छ। बुद्ध

देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्न दैनिक उडान गर्ने लागेको बुद्ध एयरले जनाएको छ।

बुद्धले१८ सिट क्षमताको ‘बिच १९०० डि’ जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको उडान गर्ने तयारी गरेको हो।

बुद्ध एयरले यसअघि २०६९ पुष देखि २०७० आषाढसम्म काठमाडौंबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो। उक्त बखत पर्याप्त यात्रु नहुँदा आर्थिक भार परी सुर्खेत उडान रोकिएको थियो ।

२०७५ वैशाख १ गते देखि काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको छ।

बुद्धले काठमाडौं–सुर्खेतको एकतर्फी भाडा दर आधा सिट ८ हजार ५ सय रुपैयाँ र बाँकी आधा सिट १० हजार ५ सय रुपैयाँमा बेच्ने जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–सुर्खेतको एकतर्फी भाडा दर अधिक्तम ११ हजार ४ सय १९ रुपैयाँ निर्धारण गरेको छ।

कर्णाली प्रदेशले आगामी वर्ष रारा कर्णाली भ्रमण वर्ष मनाउने तयारी गरेको छ। काठमाडौं-सुर्खेत सिधा उडान हुदाँ पर्यटन प्रबर्धन गर्न सघाउ पुग्ने बुद्ध एयरले बिश्वास गरेको छ।

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्