सिरहामा बम विस्फोट, एक बालकसहित ६ जना घाइते

सिरहा- सिरहाको लहानमा बम विस्फोट हुँदा ६ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो १ बजे भएको बम विस्फोटमा परी एक बालक सहित ४ जना महिला र एक पुरुष घाइते भएका छन्।

विज्ञापन

घाईतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।  प्रहरीले घाइतेहरुको अवस्था समान्य रहेको जनाएको छ।

लहानको दुर्गामन्दिरस्थित एक सुनचाँदी पसलमा प्रेसर कुकर बम विस्फोट भएको हो।

विस्फोट कसले र किन गराएको भन्ने थाहा हुन सकेको छैन। सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले विस्फोटको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन्।  बम विस्फोट भएको ठाउँमा कुनै पर्चा पम्प्लेट नभेटिएको पनि प्रहरीले जनाएको छ।

चैत्र ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्