काठमाडौं- नेपाली सिनेजगतकी अहिलेका नायिकामध्ये चल्तीकी नायिका हुन्, प्रियंका कार्की।

उनको व्यस्तता चलचित्र, म्यूजिक भिडियोदेखि कार्यक्रमसम्म छ। उनको चर्चाले चलचित्र नगरीदेखि बजारसमेत तात्ने  गर्छ। कहिले ब्वाइफ्रेन्ड, कहिले उनले खेलेका चलचित्रका कारण पनि उनी चर्चामा रहने गर्छिन्।

अझ भन्नु पर्दा मिडियामा छाइरहने नायिका हुन् प्रियंका।

छक्का पन्जा, छक्कापन्जा- २ का कारण पनि उनको चर्चा भयो। यतिबेला नायिका कार्की व्यस्त छिन् । शुक्रबार मात्र रिलिज भएको चलचित्र शत्रु गतेको लागि पनि उनको व्यस्तता बढेको छ।

शुक्रबार चलचित्र रिलिज भएको दिन उनी कुमारी हलमा देखा परिन्। अघिपछि भन्दा केही सिम्पल तर हट अवतारमा हलमा पुगेकी उनी निकै खुशी देखिएकी थिइन्।

आफूले खेलेको चलचित्र कस्तो भनेर आफूले भन्दा पनि दर्शकले भनेमा राम्रो हुने बताएकी उनले दर्शकको माया पाएको बताइन्।