देउवालाई सिटौलाको चेतावनी

‘पार्टी त कब्जा गर्नुहोला तर वाम गठबन्धनको कब्जा?’

काठमाडौँ- शुक्रबार सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु सभापति शेरबहादुर देउवामाथि खनिएका छन्।

तीनै तहको चुनावमा पराजय हुनुमा पार्टी नेतृत्वको कमजोरी रहेको भन्दै शुक्रबार बोलेका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलाले नेतृत्वप्रति आक्रोश पोखेका छन्। उनीहरुले पार्टी नयाँ ढंगले अघि बढाउन तत्काल महाधिवेशन वा महासमिति बैठक बोलाउन माग गररेका छन्।

पूर्वमहामन्त्री समेत रहेका सिटौलाले चुनावी समीक्षाका सम्बन्धमा पार्टी नेतृत्वबाट कुनै प्रतिवेदन नपाएको उल्लेख गर्दै सत्ता समीकरण खेलमा कांग्रेस नेतृत्वले गम्भीर त्रुटि गरेको उल्लेख गरे।

सिटौलाले दिएको मन्तव्यको पूर्ण पाठ:

चुनावको समीक्षा भनेर बैठक बोलाइयो। पदाधिकारीबाट चुनावी समिक्षाका सम्वन्धमा प्रतिवेदन पाउने आशा थियो तर उहाँहरुले कुनै प्रतिवेदन उपलब्ध गराउन सक्नु भएन। छलफल बिषय केन्द्रित थिएन। बिषयको प्रस्तुती बिषयान्तर छ । चुनावको प्रतिवेदन पदाधिकारी साथिहरले बैठकमा ल्याउन सक्नु भएन। चुनाव भएको चार महिनापछि पनि ल्याउन सक्नु भएन ।

खास गरी संविधान घोषणा हुन नदिने ठूलो दबाब थियो। हाम्रो सभापतिको नेतृत्वको सरकारको कार्यकालमा संविधान जारी गरियो। त्यसपछि भएको सत्ता समिकरणको खेलकामा नेतृत्वले गम्भिर त्रुटि गर्यो। जहाँबाट सुशील कोइराला प्रधानमन्त्री उठ्नु भयो। उम्मेदवार उठाईयो। त्यहीबाट कांग्रेसलाई ठूलो क्षति भयो। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख सबै कम्युनियष्ट पार्टीहरुको हातमा गयो। हामीले राष्ट्रपति लिएर एमालेलाई प्रधानमन्त्रीमा सघाएको भए हुने थियो। कांग्रेस एकल प्रतिपक्षमा गयो। सत्तासमिकरणको खेलमा निरन्तर त्रुटी नेतृत्वबाट भएको छ। त्यसको परिणाम हो आजको अवस्थामा आइपुग्नु अरुले भनेको कुरामा बहकिनु पनि हुँदैन। शुशील कोइराला प्रधानमन्त्रीमा उठ्ने शेरबहादुर देउवा प्रस्तावक बस्ने र रामचन्द्र पौडेल समर्थक बस्नु भयो। त्यसको ठूलो मनोवैज्ञानिक असर पर्यो कांग्रेसप्रति कार्यकर्ता र आमनागरिकमा। प्रहरी, प्रशासन, उद्योग व्यापार, सञ्चार क्षेत्रमा ।

प्रचण्डलाई हामीले प्रधानमन्त्री बनायौं तर हामीले अड्याउन सकिनौं । चितवन प्रकरणमा हामीले गम्भिर गल्ति गर्यौ । दिनेश कोइरालालाई उम्मेदवार बनाएपछि प्रचण्डलाई खुसी बनाउने नाममा दिनेशको उम्मेदवारी रद्ध केन्द्रले गरेर प्रचण्डकी छोरीलाई मेयरमा समर्थन गर्यो। यसले कांग्रेसप्रति ठूलो मना्बैज्ञानिक नकारात्मक असर पर्यो देशभरी ।

कमल थापाको राप्रपालाई उपन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई र महन्थ ठाकुर नेतृत्वको राजपालाई हामीले समर्थन गर्यौं तर उनीहरुले हाम्रा उम्मेदवारलाई हराउन लागे। हामी उनीहरलाई सघाउने तर उनीहरु भने हामीलाइ हराउने कार्यमा लागे। चुनावी रणनीतिको तालमेल गर्न हामीले जानेनौं ।

चुनावमा जाँदा हाम्रो एजेगण्डा खोसियो । यसमा गम्भिर त्रुटी भयो । संघीयता, समावेसी लोकतन्त्र, गणतन्त्र हाम्रो एजेण्डा थिए। त्यसलाई हामीले स्वीकार्न सकेनौं, अपनत्व लिन सकेनौ । चुनाव व्यवास्थापनमा त्रुटी, निर्णयप्रक्रियामा त्रुटी भयो। संसदीय वोर्ड, केन्द्रीय सम्पादन समिति ठूलो र बिधान बिपरित गठन गरियो। समानुपातिकको लिष्ट संसदीय समितिकै साथिहरुलाई देखाइएन। मापदण्ड र विधान विपरित समिति बनाइयो। काग्रेस कार्यकताको मनोवल गिराउने काम गरियो।

हामी समाजबादी पार्टी तर हाम्रा नीति र सिद्धान्त बमोजिम ब्यवहार छैन। विदेशमा श्रम बजारमा रहेका किसान, मजदुरलाई हाम्रो एजेण्ढडलाई प्रस्तुत गर्न सकेनौं हाम्रै घोषित सिद्धान्त र व्यवहवारमा ठूलो अन्तर देखियो। यसले कांग्रेसलाई ठूलो क्षति भएको छ। प्रदेश र केन्द्रमा हामी प्रतिपक्षमा छौं तर हाम्रो तागत कमजोर छ । बाम सरकारको सत्ताको प्रभाव सर्वसाधरण जनतामा पर्न थालेको छ । यस्तो दबाबलाई थेग्न नयाँ ढंगले नीति, संस्कार, व्यवहार निर्णय प्रक्रिया सिद्धान्तमा आमूल परिवर्तन जरुरी छ। हामी परिवर्तिन हुन सक्यों भने मात्र चुनौतिलाई सामना गर्न सक्छौ। महाधिवेशन गरौं नभए महासमिति बेठक बोलाउँ भनेर मैले विचार व्यक्त गरें ।

पार्टीको नीतिगत र रणनीतिक गत त्रुटि र कमजोरीका कारणले हार बेहोरेका छौं। संविधानको अक्षरस पालना यो सरकारबाट हुन्छ भन्ने आशंका देखिएको छ। यो चुनौतिलाई सामना गर्न महासमिति बैठकमा छलफलमा गर्नको लागि एजेण्डा पदाधिकारीले पठाउनु पर्छ । भिँडबाट ताली बजाएर प्रस्ताव राख्ने होइन, पार्टी अब पुरानो संस्कारबाट हुँदैन। सामन्ती राणा शाशन, भूमिव्यवस्थाको अन्त्य भयो तर राजनीतिक दल भित्रको सामन्ती संस्कारको अन्त्य भएको छैन। हाम्रै दल भित्र सामन्ती संस्कारको अन्त्य भएको छैन।

पार्टी भित्र आज नातावाद, कृपाबाद, पैशाबाद छ भनेर आलोचना हुने गरेको छ। त्यसबाट हामी मुक्त हुनु पर्छ। पार्टीको व्यवहार पारदर्शी हुनु पर्छ। मलाई यो पार्टीमा अहिले नैं पदाधिकारी थपेर संरचनामा परिवर्तन सम्भव छैन जस्तो लाग्छ। राज्यको पुनसंरचना अनुसार पार्टीको संरचना चाहियो नि विधानअनुसार प्रदेश अधिवेशन गर्नु पर्छ। प्रदेश समिति मनोनित वा तोक्ने होइन ।

आमन्त्रित सदस्यको भिँडमा महासमिति बैठक बोलाएर ताली बजाएर काम छैन्। अब पार्टीको नीति, सिद्धान्त, संस्कार, व्यवहार, संरचना र नेतामा परिवर्तन हुनुपर्छ। पदाधिकारीहरु अब कोषाध्यक्षको राष्ट्रिय भेला जता हुन्छ उतै लुरुलुरु जाने होइन, कोषाध्यक्षहरुलाई त पार्टीले कार्यक्रम दिएर बोलाउनु पर्छ, निर्देशन दिनु पर्छ। भोली सचिवको, पर्सी सहसचिव र अर्को दिन उपसभापतिले राष्ट्रिय सम्मेलन भनेर बोलाउने अनि पदाधिकारी त्यतै दौडन मिल्दैन्। कोषाध्यक्षको राष्ट्रिय भेला गर्ने प्रवाधान पार्टी विधानमा छैन्। बिधान बिपरित पदाधिकारी दौडनु हुन्न ।

बेथितिको पराकाष्टा निम्त्यायने तपाईहरु नैं हो। शेरबहादुरजी र रामचन्द्रजी पदाधिकारी मिलेर पार्टी कब्जा गर्न त सक्नु होला तर यस्तै पारा हो भने बामपन्थीको कब्जाबाट मुलुकलाई भने छुटकारा दिलाउन सक्नु हुन्न ।

स्थानिय, प्रदेश, प्रतिनिधिसभामा कति उम्मेदवार थिए। हामीले कति मत ल्यायौं, कतिजनाले जिते त्यसको कुनैं रेकर्ड पदाधिकारीले दिन सक्नु भएन। के थाहा हामीले हाम्रो भनेर जिताएको वार्ड अध्यक्षलाई बामपन्थी सरकारले थर्काएर आफैतिर लगिसक्यो कि? मट्याङ्ग्रे पार्टीको सभापति हुनु भन्दा त प्रभावशाली पार्टीको साधरण सदस्य भएर बस्नु ठीक हो। त्यससैले पार्टीलाई झन झन कमजोर बनाउने काम नहोस् ।

चैत ९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्