आगलागी हुँदा आठ पसल जले

गौशाला- महोत्तरी जिल्लाको रौजा बजारमा गए राति आगलागी हुँदा आठ पसल जलेर नष्ट भएको छ।

लोहारपट्टी नगरपालिका-११ रौजा बजारका आठ टहराका शृङ्गार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्