‘डान्स च्याम्पियन’का सहभागीले ल्याए नेपाली भिडियो

सुशान्त खत्री।

काठमाडौँ- भारतीय डान्स रियालिटी शो ‘डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडि नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीले नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन्।

पारिवारिक भेटघाटका लागि नेपाल आइपुगेका सुशान्तले शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नृत्य गरेका हुन्।

जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा उनले ’यो मुटु दुख्छ किन’ बोलको गीतमा अभिनय गरेका हुन्। गीतमा उनी एक्लै फिचरिङ छन्। सार्वजनिक गीतमा दर्पण राईको शब्द र संगीत छ भने यसलाई राजेश पायल राइले गाएका छन्।

गीतको कोरियोग्राफ राजीव समरसँग मिलेर सुशान्तले नै गरेका हुन्। यसमा अनिल के मानन्धरको छायांकन, विजय बस्यालको ग्राफिक्स, सुप्रिम पराजुलीको सम्पादन छ । गीतलाई एमएमएस इन्टरटेन्मेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्