अकबरे खोर्सानी बेचेर २ करोड भित्रियो

तेह्रथुममा अकबरे खुर्सानी।

तेह्रथुम जिल्लाले जारी वर्ष २ करोड रुपैयाँभन्दा बढी रुपैयाँको अकबरे खोर्सानी निर्यात गरेको छ।

व्यवसायिक अकबरे खोर्सानी खेतीमा लागेका कृषकले गत जेठदेखि फागुन महिनासम्ममा २ करोड १० लाख रुपैयाँको खोर्सानी निर्यात गरेका हुन्। अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अकवरे खोर्सानीको बिरुवा, फल र बियाँ बिक्री गरी कृषकले सो रकम जिल्ला भित्र्याएका हुन्।

तेह्रथुमका विभिन्न गाउँमा उत्पादित अकवरे खोर्सानीको मागमा बृद्धि भएपछि कृषकले खोर्सानी खेतीको क्षेत्रफलमा समेत बृद्धि गरेका छन्।

तेह्रथुममा उत्पादित खोर्सानी पूर्वी तराई र काठमाडौं, पोखरा लगायतका शहरमा निर्यात हुने गरेकोे स्थानीय ब्यापारी बताउँछन्।

अकबरे खोर्सानी स्थानीय बजारमा प्रतिकेजी ३ सयदेखि ४ सय ५० रुपैंयासम्ममा बिक्री हुँदै आएको छ।

अकबरे खुर्सानी तेह्रथुमका ६ ओटै स्थानीय तहमा व्यवसायिक रुपमा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्