श्रीमतीलाई रुखमा बाँधेर कुटपिट !

एजेन्‍सी-भारतको उत्तर प्रदेशस्थित बुलन्द शहरको एक गाउँ लौगामा एक महिलालाई रुखमा बाँधेर पतिले कुटपिट गरेका छन्।

श्रीमतिमाथि परिवार र पतिले शंकाकै भरमा गाउलेको सामू श्रीमतिलाई रुखमा बाँधेर कुटपिट गरेकको बीबीसीले जनाएको छ।

उक्त घटना १० मार्चको हो। महिला आफ्नो घरबाट बाहिर गएकी थिइन् तर जब एक हप्तापछि पुन: घरमा फर्किएर आउँदा उनले श्रीमानसहित परिवाक तर्फबाट पिटाइ खानु पर्‍यो।

उक्त घटनापछि प्रहरीले पतिसहित सात जनाविरुद्ध मुद्दा दर्ता गराएको छ।यसका साथै पतिसँगै थप दुइ जनालाई पक्राउ गरिएको छ। तर प्रहरीले भने कुनै कुरा पनि पुष्टि गर्न मानेको छैन।

त्‍यहाका जिल्ला प्रमुख रोशन ज्‍याकबले पनि पीडित महिलालाई कुटपिटबारेको जानकारी लिँदै कुटपिटमा संलग्‍न बैलाई कारबाही गरी जेल पठाउने आदेश दिएका थिए। तर जब गाउँलेसँग सोधपुछ गर्दा उल्टै ती महिलालाई नै दोषी देखाइयो।

भारतको राष्ट्रिय अपराध रेकर्ड ब्‍यूरोको तथ्‍याङक हेर्ने हो भने महिलामाथि हुने अपराधमा उत्तर प्रदेश सन् २०१५ तथा सन् २०१६मा सबैभन्दा अग्र स्थानमा रहेको छ। सन् २०१५ मा श्रीमान तथा उनको आफन्तले नै गरेको अपराधमा ८ हजार ६ सय ६० उजुरी दर्ता भएका थिए।

सन् २०१६ मा ११ हजार १ सय ६६ अनि सन २०१७ मा त्‍यो भन्दा पनि दोब्बर उजुरी दर्ता भएका छन्।

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्