मुग्लिन सडकमा भिरबाट ढुंगा खसेर माइक्रोचालकको मृत्यु

काठमाडौँ-  चितवनको इच्छाकामना गाउँपालिका-६ मुग्लिन–नारायणगढ सडकखण्ड स्थित २ नम्बर पुलमा शुक्रबार भिरबाट खसेको ढुंगाले लागेर माइक्रोचालकको मृत्यु भएको छ।

मकवानपुर दामन-६ का २८ बर्षीय दिपक रुम्वाको मुग्लिन र नारायणगढबीचको निर्माणाधीन सडकमा भिरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रो बसको चालकपट्टिको भागमा ढुंगा खसेर लागेको थियो।

ढुंगाले लागेर गम्भीर घाईते भएका रुम्वाको उपचारका लागि जिल्ला अस्पताल भरतपुर पठाइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

सम्बन्धित समाचार 

नारायणगढ-मुग्लिन सडक बनाउन तीन महिना थप

नारायणगढ-मुग्लिन सडक सम्पन्‍न गर्न समय माग

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्