जनकपुरमा सडक विस्तार सुरु, घर भत्काउन थालियो

जनकपुरको मूलसडक भत्काइँदै। तस्बिरहरु: प्रतिभा झा

काठमाडौँ- जनकपुरमा एकीकृत सहरी विकास परियोजना अन्तर्गत भइरहेको सडक निर्माणको क्रममा सडकमा पर्ने घरहरु जनकपुर उपमहानगरपालिकाले भत्काउने अभियान चलाएको छ।

सडक निर्माण कार्यको मापदण्ड अनुसार सडकमा पर्ने घरहरु घरधनी आफैँले नभत्काएपछि उपमहानगरपालिकाले कडा कदम उठाउँदै घर भत्काउने कार्य सुरु गरेको हो।

उपमहानगरपालिका यसअघि नै सार्वजानिक सूचना जारी गर्दै घरधनीलाई सडकमा पर्ने घरहरु भत्काउन आग्रह गरेको थियो।

तर, उनीहरुले अटेर गरेपछि शनिबारदेखि जनकपुरको शिवचोकदेखि भानुचोकसम्मको घर डोजरले भत्काउन थालिएको हो।

एसियाली विकास बैंकको सहयोगमा एकीकृत सहरी विकास परियोजना अन्तर्गत करिब २ वर्षपहिले शुरु भएको निर्माण कार्य सन् २०१८ जुनसम्म सम्पन्न हुनुपर्ने छ।

तर, निर्माण कार्य सुस्त भएपछि विभिन्न पक्षहरुबाट दबाब बढेकाले उपमहानगरपालिकाले यस्तो कदम उठाएको हो।

यस्तै, उपमहानगरपालिकाले डोजरले घर भत्काउन थालेपछि घरधनीहरु आफैँ पनि कामदार लगाई घर भत्काउन थालेको छ।

यसैबीच तोडफोडको क्रममा विवाद हुनसक्ने भन्दै व्यापक प्रहरी परिचालन गरिएको छ।

जनकपुरको मूलसडक भत्काइँदै।

 

सम्बन्धित समाचर 

जनकपुरमा धुलोसँग जोगिन ‘साडीले मुख छोपेर हिँड्नुपर्छ’

जनकपुरका सडक मर्मत नगरे आन्दोलनमा जाने चेतावनी

चैत १०, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्