लायन्स क्लब डिष्ट्रिक ३२५ ए वान को गर्भनर पदमा अनन्तप्रसाद भेट्वाल चयन

विराटनगर-सन् २०१८ र १९ का लागि लायन्स क्लबको डिष्ट्रिक ३२५ ए वान को गर्भनर पदमा अनन्तप्रसाद भेट्वाल चयन भएकाछन् ।

विराटनगरमा शनिबार सम्पन्न भएको लायन्स क्लब ३२५ ए वनको छैटौँ वार्षिक सम्मेलनका क्रममा काठमाडौंका भेटवाल चयन भएका हुन् । भेटवालले एकवर्षे कार्यकाल आउँदो जुलाई १ बाट सुरु गर्ने गर्भनर लीला ढुंगेलले जानकारी दिए ।

जुन महिनासम्म गर्भनरमा ढुंगेल कायमै हुनेछन् । त्यसैगरि, पहिलो उपाध्यक्षमा विराटनगरका इन्द्र खत्री राजन चयन भए । बेलुका अबेर भएको यस नो भोटका क्रममा दोश्रो उपाध्यक्षका लागि काठमाडौंका टंकबहादुर श्रेष्ठ विजयी भए।

२ सय १९ एस भोट हाँसिल गरेका श्रेष्ठका प्रतिद्धन्दी काठमाडौंका धनप्रसाद लामिछानेले १ सय ४३ भोट पाए । लायन्स क्लब अन्तर्गत विभिन्न १ सय ४६ क्लबबाट ३ सय ६६ जना लायन्स पदाधिकारीले भोटको प्रयोग गरेका थिए। जसमा ४ भोट बदर भएको थियो ।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्