चौदण्डी नगरपालिकाको हँडिया गाउँमा आगलागी

सांकेतिक तस्बिर

गाईघाट-चौदण्डी नगरपालिका-१० स्थित हँडियामा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ।

आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ। त्रियुगा र चौदण्डी नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेर नियन्त्रण गर्दैछ।

अन्य क्षेत्रमा आगो लाग्न नदिन प्रहरी, दमकल र स्थानीयवासी व्यापक परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताए।निरौलाको घर पूर्ण जलेर नष्ट हुँदा रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्