रामनवमीमा पूर्वराजा विराटनगरमा (पाँच तस्बिरहरु)

काठमाडौँ- तीन सातादेखि पूर्व बसाइमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले रामनवमीका दिन विराटनगरका मन्दिरहरुमा पूजाआजा गरेका छन्।

उनले विराटनगरको कालीमन्दिर र  रामजानकी मन्दिरमा पूजाआजा गरेका छन्।

झापाको दमकस्थित हिमालयन चिया बगानमा बसिरहेका पूर्वराजा आइतबार नै विराटनगर आएका हुन्। उनी आइतबार साँझ नै दमक फर्कने कार्यक्रम छ।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्