क्रिकेट खेलाडी स‌ंघको अध्यक्षमा मनिष, पारस महासचिव

काठमाडौे- क्रिकेट खेलाडी संघको नयाँ नेतृत्व चयन भएको छ ।

आइतबार राजधानीमा सम्पन्न साधारण सभाले मनिषराज पान्डेको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिती चयन गरेको छ।

स‌ंघको महासचिवमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का सर्वसम्मत भए।

राजु खड्का र सिता राना मगर उपाध्यक्ष छन् भने राजु बस्न्यता सचिव र पृथु बास्कोटा कोषाध्यक्ष निर्वाचित भए।

बसन्त शाहि, दीपेन्द्र चौधरी, सुबास खकुरेल सोमपाल कामी र करुणा भन्डारी सदस्य छन्। पवन अग्रवाल यसअघि अध्यक्ष थिए।

 

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्