बोलिभियाको जेलभित्र झडप, चार कैदीको मृत्यु

फाइल फोटो

लापाज-बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ ।

सो झडपमा परी अन्य १० जना घाइते भएका छन्। अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो।

यस घटनामा परी चार प्रहरी अधिकारी र छ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन्। सो जेलमा गत हप्तामात्र पनि यस्तै झडप भएको थियो।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्