फोरमका १५ नेताहरु चीनयात्रामा

रेणु यादव।

काठमाडौं: संघीय समाजवादी फोरम सरकारमा जाने/नजाने विषयलाई लिएर अन्यौल कायम भइरहेका बेला त्यसका १५ जना नेताहरु छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधारका लागि भन्दै आइतबार रातl त्यसतर्फ प्रस्थान गर्दै छन्।

उपाध्यक्ष रेणु यादवले आफ्नो नेतृत्वमा सात दिने भ्रमणका लागि चीन जान लागेको बताइन्। भ्रमणको एक मात्र उद्देश्य चीनसँगको सम्बन्ध प्रगाढ बनाउनु नै भएको उनको भनाइ छ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको भ्रमणको निम्तो हामीलाई धेरैअघि आएको थियो। हाम्रो व्यस्तताले त्यहाँ जाने मौका मिलेको थिएन, आज जाँदै छौँ,’ यादवले भनिन, ’यो सद्भाव भ्रमण हो।’

१५ सदस्यीय भ्रमण टोलीमा प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव, प्रदेशसभा सदस्यहरु जयराम यादव र रणध्वज लिम्बु छन्। यस्तै, राष्ट्रियसभाका सदस्य रामप्रीत पासवानसहित केन्द्रीय सदस्यहरुले चीन भ्रमण गर्दै छन्।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्