प्रदेश सरकारले नयाँ पाठ्यक्रम बनाउँछ: मुख्यमन्त्री

विद्यालय भवनको संयुक्त उद्घाटन गर्दै प्रदेश २ का मुख्यमन्त्री शेरधन राई र भारतीय राजदूत मञ्जीवसिंह पुरी। तस्बिर: देशसञ्चार

विराटनगर- गुणस्तरीय शिक्षाका लागि आवश्यक शिक्षा नीति तथा नयाँ पाठयक्रम तयार गर्नेगरी प्रदेश सरकारले कानुन वनाउने प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले बताएका छन्।

मोरङको कटहरीमा एक विद्यालयको कार्यक्रममा मुख्यमन्त्री राईले विगतको शिक्षा नीतिले मुलुकलाई चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे। शिक्षामा निजी क्षेत्रको लगानी आवश्यक रहेको भन्दै मुख्यमन्त्री राईले नाफामुखी सोचभन्दा सेवाको भावनाबाट शिक्षामा लगानी हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा भारतीय राजदुत मञ्जीवसिंह पुरीले प्रदेश एकको विकासमा सहयोग गर्न तयार रहेको बताए। उनले भने, भारतको तीनवटा प्रदेशसँग सीमा जोडिएको प्रदेश नम्बर एकको विकासका लागि भारत सरकारले सक्दो सहयोग गर्नेछ। त्यसैगरी मुख्यमन्त्री राई र राजदुतसिंहले संयुक्त रुपमा कटहरीस्थित पशुपति शिक्षा मन्दिरको नवनिर्मित भवनको उद्घाटन गरेका थिए।

विद्यालयमा कक्षा नर्सरीदेखि सातसम्म पढाई हुने भवन निर्माण समितिका अध्यक्ष दीनबन्धु गोयलले बताए। दुईतले नवनिर्मित विद्यालयको निर्माण लागत साढे दुई करोड रुपैयाँ छ।

चैत ११, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्