मायावती–अखिलेश गठबन्धन

अखिलेश–धोका र जालझेलको राजनीति थाहा थिएन

भारतमा बहुजन समाज पार्टी र समाजवादी पार्टीबिच चुनाव केन्द्रित गठबन्ध भएको छ । बहुजन समाजवादी पार्टीकी प्रमुख मायावती र समाजवादी पार्टीका प्रमुख अखिलेश यादवबिच गठबन्धनको सहमति भएको हो ।

गठबन्धका बारेमा अखिलेश यादवले पहिलो पटक प्रतिक्रिया दिँदै आफूहरुको गठबन्धन लामो समयसम्म चल्ने बताएका छन् । अहिले राज्यसभा चुनावका लागि भएको गठबन्धन लोकसभा चुनावसम्म वा त्यो भन्दा पछिसम्म पनि रहने बताएका छन् ।

गठबन्धनका बाबजुद उत्तर प्रदेशमा राज्यसभा चुनावमा बहुजन समाज पार्टीका उम्मेदवार पराजित भएका छन् । यसबारेमा यादवले आफ्नो पहिलो जिम्मेवारी आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने रहेको र बहुजन समाज पार्टीका उम्मेदवार पराजित हुनुमा राजनीतिक धोका प्रमुख कारण रहेको बताएका छन् । उनले आफूलाई राजनीतिक धोकाका बारेमा पहिले नै ख्याल नभएको बताए ।

अखिलेश यादवले मायावती र आफूबिच भएको गठबन्धन सन् २०१९ को लोकसभामा विपक्षीलाई चुनौती दिने उद्देश्यका साथ गरिएको बताएका छन् ।


प्रश्नः मायावती जीले पत्रकार सम्मेलनमा गठबन्धन सन् २०१९ मा पनि कायम रहने बताउनुभएको छ, यसमा तपाईंको पहिलो प्रतिक्रिया के छ ?

जवाफः जे परिणाम आयो, त्यसबाट कहिँ न कहिँ यस्तो लागेको थियोको उहाँको कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नराम्रो नहोस् । मलाई यो कुराको खुशी छ कि उहाँले गठबन्धनका लागि एक पटक फेरि कन्फिडेन्स बिल्ड अप गर्नु भएको छ ।

विश्वासका साथ गठबन्धन भयो भने लामो समयसम्म चल्नेछ । जे उद्देश्य लिइएको छ, त्यो पूरा हुनेछ ।

जो अहिले सत्तामा बसेका छन्, जसले न संविधान मानेका छन् न कानुन नै । उनीहरुलाई हटाउन सहयोग मिल्छ । जसले भ्रष्टाचार हटाउने कुरा गरेका थिए, उनीहरुले नै चुनाव जित्नका लागि कसरी पैसाको प्रयोग गरे त्यो सबैले देखेको कुरा हो ।

मायावती जीसँग राजनीतिको लामो अनुभव छ, धेरै उच निच भोग्नु भएको छ । यसले राजनीतिमा सचेत रहनु पर्ने कुरा सिकाउँछ । हामीलाई केही सजग रहन सहयोग मिल्ने छ ।

प्रश्नः उहाँले जुन प्रश्न तपाईंका लागि दिनु भएको छ, त्यसबारे विचार गर्नुभएको छ ?

जवाफः यदी कसैले सावधान गरिरहेको छ र त्यो सत्यको नजिक छ भने हामीले बुझ्नु पर्छ कि धोका के हो, कसरी जाल बुन्छन् भन्ने कुरा पनि बुझ्नु पर्छ ।

हाम्रा सदस्यलाई जेलबाट बाहिर आउन दिइएन । एउटै धर्ती हो तर प्रदेश अनुसार फरक कानुन लागु गरिएको छ, उत्तर प्रदेश त्यसको चपेटामा छ । पूरा प्रशासन नै हाम्रा विधायकले भोट दिन नपाउन् भनेर लागेको थियो ।

मुख्यमन्त्रीले फिरोजावादको भ्रमण विशेष योजनाका लागि गरेको थिए, त्यो थियो हाम्रा विधायकलाई भोट हाल्न नदिने वातावरण बनाउनु । व्यक्तिगत रुपमै जिल्लाअधिकारीलाई नै मुख्यमन्त्रीले यसको निर्देशन दिएका थिए ।

प्रश्नः यसबाहेक रणनीतिक स्तरमा तपाईंबाट भएको केही कमजोरी ?

जवाफः यो हदसम्म जालधेल होला, मलाई आँकलन नै थिएन । उनीहरुले हाम्रा मानिसलाई फुटाए । हामीले विश्वास ग¥यौँ तर राजनीतिक स्तरमा जाल बुनेर हाम्रा दुई विधायकलाई भोट हाल्न दिएनन् । एउटाको भोट रद्द गरियो । हरेक किसिमको हत्कण्डा अपनाएर विधायकलाई किनिएको थियो ।

प्रश्नः तर तपाईंले गर्न सक्ने ठाउँ त थियो नि ? आफ्ना नभइ बहुजन समाज पार्टीका उम्मेदवारलाई जिताउने निर्णय लिन त सक्नुहुन्थ्यो ?

जवाफः यसमा म यति मात्रै भन्छु कि मेरो जिम्मेवारी पहिला आफ्नो पार्टीका उम्मेदवार तर्फ थियो र लागिरहेको थियो कि राम्रो भोट मिलिरहेको छ । तर जालझेलको पत्तै भएन ।

प्रश्नः अन्तिममा एक प्रश्न सन् २०१९ को आम चुनावसँग सम्बन्धित छ । समाजवादी पार्टी कांग्रेसको नेतृत्वमा उत्तर प्रदेशमा रहन्छ, या अरु कुनै मोर्चामा रहन्छ वा परिस्थिति अनुसारको फैसला हुनेछ ?

जवाफः कसरी मोर्चा बन्ने छ, त्यो अहिले नै भन्न मुश्किल छ । जहाँसम्म सपाको भूमिकाको कुरा छ, जहाँ हाम्रो संगठन राम्रो छ त्यहाँबाट धेरै भन्दा धेरै सिट जित्ने लक्ष्य रहने छ ।

(बिबिसी हिन्दीको लागि लखनउ संवाददाता प्रदीप कुमारले अखिलेश यादवसँग लिएको अन्तर्वार्ताको अनुवादित अंश)

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्