५२ अंकले बजार ओरालो लाग्दा पनि दूई कम्पनीका लगानीकर्ता नाफामा (सूची सहित)

काठमाडौं- सोमबार कारोबार भएका  १ सय ५७ कम्पनी मध्ये २ कम्पनीका लगानीकर्तामात्रै नाफामा रहे।  ५२ अंकले नेप्से परिसूचक ओरालो लाग्दा प्रोग्रेसिभ फाइनान्सको मूल्य ९.८६ प्रतिशत र स्वदेशी माइक्रोफाइनान्सको मूल्य १.९२ प्रतिशतले उकालो लागेको हो।

कम्पनीका

सोमबार कारोबार भएका बाकीं कम्पनीका लगानीकर्ता भने घाटामा रहे। एनएलजी इन्स्योरेन्सको मूल्य १० प्रतिशतले ओरालो लाग्दा राष्ट्रिय बिमा संस्थान लगायतकाका १२ कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ। अन्य कम्पनीमा महुली सामुदायिक वित्तीय संस्था, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास बैंक लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी, कालिका माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त विकास बैंक, ओमी माइक्रोफाइनान्स वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स र प्रिमियर माइक्रोफाइनान्स रहेका छन्।

कम्पनीका

 

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्