सत्संग भवन बनाउन महायज्ञ

दाङ-दाङको लमहीमा वृहत सत्संग भवन वनाउने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सोमवार वाट सुरु भएको छ । वृहत कलश यात्रा पछी यज्ञको उद्‌घाटन गरिएको हो। सार्वजनिक वगैचामा यज्ञको उद्घाटन युवा समाजसेवी विनय घिमिरेले गरे।

महायज्ञमा संकलन भएको रकमले सत्संग भवन निर्माण गरिने हिन्दु जागरण नेपालका केन्द्रिय सल्लाहकार जागेश्वर शर्मा घिमिरेले जानकारी दिए ।‘हिन्दुत्वको संरक्षण गर्न, सत्संग भवन निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरेका हौं’उनले भने–‘यज्ञवाट संकलन भएको रकमले जग्गा किनेर सत्संग भवन बनाईने छ।’

यज्ञबाट एक करोड रुपैयाँ दान संकलन हुने लक्ष्य राखिएको छ। हिन्दु जागरण नेपाल लमही नगरसमितिका अध्यक्ष नेत्र सिंह ठकुरीको अध्यक्षता एवम् समाजसेवी विनय घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले हिन्दुत्वको रक्षाको लागी सवै एक ठाउँमा आउन जरुरी रहेकोमा जोड दिएका छन्।

सो अवसरमा नेपाली काङ्ग्रेसका मधु न्यौपाने, प्रमुख कथा वाचक साध्वी राधिका दासी, समाजसेवी लिलाराम खनाल, नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोदकुमार पाण्डे, समाजसेवी नेत्रप्रसाद शर्मा, खिमानन्द पाण्डे, शिक्षक विष्णुप्रसाद अधिकारी, यमबहादुर भण्डारी, ब्रहमाकुमारी ईश्वरी विश्व विद्यालयकी उमा, पत्रकार दशरथ घिमिरे लगायतका वक्ताहरुले मन्तव्‍य व्‍यक्त गरे।दामोदर पाण्डेको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन तारा पौडेलले गरिन्। महायज्ञको प्रमुख कथा बाचको रुपमा साध्वी राधिका दासी छिन्।

यज्ञमा निःशुल्क योग शिविर
पतञ्जली योग समिति लमहीले लमहीमा सञ्चालित महायज्ञमा निःशुल्क योग शिविर राख्‍ने भएको छ। विहान ४ बजे देखि ६ बजे सम्म योग शिविरको आयोजना गरिएको पतञ्जली योग समिति लमहीका अध्यक्ष भेषराज भट्टराईले बताए। योग शिविरमा सहभागी हुनसवैमा अपील गरिएको छ।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्