म्यानमारमा आगामी बुधबार राष्ट्रपतिको निर्वाचन

म्यानमार- म्यानमारमा अगामी बुधबार राष्ट्रपति पदको निर्वाचन हुने भएको छ।

गत बुधबार त्यहाँका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिएपछि सो पदको लागि निर्वाचन हुन लागेको हो।

बुधबार हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि सोमबार उम्मेदवार दर्ताको लागि दर्खास्त आह्वान गरिएको म्यानमार संसद्को सचिवालयले सोमबार घोषणा गरेको छ।

म्यानमारको संसद्का नवनियुक्त सभामुख यु माह्न विन तानद्वारा सोमबार यस निर्वाचनका बारेमा जानकारी दिएको संसद् स्रोतले जनाएको छ।

राष्ट्रपति उ तिन कायले आफ्नो स्वाथ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको जानकारी यहँका सञ्चारमाध्यमहरुले दिएका छन्।

म्यानमारमा राष्ट्रपतिले राजीनामा दिएपछि बढीमा सात दिनभित्र नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।

राष्ट्रपति पद खाली भएपछि यस अवधिमा वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले कार्यबाहक राष्ट्रपतिका रुपमा कार्यरत छन्। यस निर्वाचनमा उनी पनि एकजना उम्मेदवार हुने बताइएको छ।

पूर्व राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए। उनले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएको स्पष्ट गरिसकेका छन्।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्