काँकडभिट्टामा पहिलो थ्रीडी चलचित्रघर

काँकडभिट्टा- स्थानीय इँटाभट्टामा झापाकै पहिलो थ्रीडी चलचित्रघर ‘सिटी सिनेमा हल’स्थापना भएको छ ।

बिआर (भानु राधिका) ग्यालरीले रु चार करोड लगानीमा स्थापना गरेको सो चलचित्र घर पूर्णरुपमा वातानुकूलितयुक्त छ।

हलका सञ्चालक प्रज्ज्वल घिमिरे ‘रेडियो मेची ट्युन्स’का प्रबन्ध निर्देशकसमेत छन्। हलमा राधिका घिमिरे र प्रज्वल दुवैको लगानी छ।

दुई सय १६ सिट क्षमता भएको हलमा अत्याधुनिक प्रविधि जडान गरिएको छ। एक लाखभन्दा बढी जनसंख्या ओगटेको मेचीनगर र आसपासका दर्शकलाई मनोरञ्जन दिलाउने लक्ष्य हलले लिएको छ।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्