घाँस काट्न जाँदा बाघको आक्रमणबाट महिलाको मृत्यु

फाइल फोटो।

हेटौँडा-मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट सवमबार अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए।

घाइते दुईमध्ये एक जना ३६ वर्षीय राजकुमार अर्याल रहेका तर एक किशोरको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

महिलाको शव उठाउने क्रममा पुनः बाघ आएर आक्रमण गर्दा स्थानीयवासी दुई जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्