डा. महत भन्छन्- सेयर बजार खस्कँदा लगानीमा प्रतिकूल असर

अर्थमन्त्रीको भनाईमा टिप्पणी गर्न चाहन्न। यिनीहरु सस्ता सस्ता कुरा गर्छन्।

मूल कुरा स्टक एक्सचेञ्ज भनेको समग्र बजारको ब्यारोमिटर हो। यसले अर्थतन्त्र कता जादैं छ, ‘बिजनेस कन्फिडेन्स’ कहाँ छ भन्ने कुरा बताईरहेको हुन्छ।

निरन्तर रुपमा नेप्से परिसूचकमा देखिएको तिब्र गिरावटले लगानीमैत्री वातावरण खस्कदो अवस्थामा रहेको देखाउँछ।

दुई दुई चार अंकले परिसूचक बढ्नु घट्नु अलग बिषय हो।

लगातार घटेको सेयर बजारले वर्तमान सरकार लगानीको वातावरण सिर्जना गर्न असफल भएको देखाएको छ।यसले लगानी गर्नेहरुलाई प्रतिकुल असर पार्छ।

अहिले सेयर बजारको अवस्था हेर्दा बियरिस ट्रेण्डमा गएको देखिन्छ। नेप्से परिसूचक १४-१५ सय अंकको हाराहारीमा हुनु न्याचुरल नै देखिन्थ्यो तर १२ सय अंक भन्दा तल परिसूचक पुग्नु मार्केट डिप्रेस्ट हो। यसले समग्र लगानीको वातावरण ठिक नभएको देखाउन्छ। सरकार सिरियस नहुने हो भने नेप्से परिसूचक अझै ओरालो लाग्नेछ।

बजार मूल्य घट्दा सेयर किन्ने बातावरण बन्नु पर्ने हो तर अहिले सेयरमा लगानी गर्न खोज्ने मानिसहरु नै घटेका छन्।

निर्वाचन परिणाम पछि सेयर बजार निरन्तर घटिरहेको छ।

सेयर बजार ओभर प्राइज भयो, अन्डर प्राइज भयो भनेर भन्न मिल्दैन। अहिले नै कुनै कम्पनी ओभर प्राइज छ, कुनै अन्डर प्राइज छ। तर यसरी ३ वर्ष अगाडिको अवस्थामा सेयर बजार पुग्नु ठिक होईन।

अर्थमन्त्रीको गतिविधि र क्रियाकलापले सेयर बजारलाई प्रभाव पार्छ। साथैं सेयर बजारमा नीतिगत कुराहरुले पनि असर गर्छ। त्यसतै बिजनेस कन्फीडेन्सले पनि बजारलाई प्रभावित गरिरहेको हुन्छ।

एक दिनको बोलीले बजार घटेको भन्दा पनि समग्रमा सरकारले लगानीको वातावरण र बिश्वास सिर्जना गर्न नसकेकाले पनि सेयर बजार घटेको हो।

(पुर्व अर्थमन्त्री डाक्टर राम शरण महत सँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित)

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्