प्रदेश एकका मूख्य न्यायाधिवक्ता आचार्यद्वारा सपथ

सोमबार प्रदेश प्रमुखको निवास कोशी प्रोजेक्टमा आयोजित कार्यक्रममा सपथ लिँदै प्रदेश नम्बर एकका मूख्य न्यायाधिवक्ता चूडामणि आचार्य। उनलाई उच्चअदालतका मुख्य न्यायाधीश डा. कुलरत्‍न भूर्तेलले पद तथा गोपनियताको सपथ गराएका थिए। तस्बिर- अभयकुमार राई/देश सञ्‍चार

मोरङ- प्रदेश नम्बर एकका मूख्य न्यायाधिवक्ता चूडामणि आचार्यले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

सोमबार प्रदेश प्रमुखको निवास कोशी प्रोजेक्टमा आयोजित कार्यक्रममा दुइ साताअघि नियुक्ती भएका आचार्यले लिएका हुन्। सो क्रममा मुख्य न्यायधिवक्ता आचार्यलाई विराटनगरस्थित उच्चअदालतका मुख्य न्यायाधीश डा कुलरत्न भूर्तेलले पद तथा गोपनियताको सपथ गराएका थिए।

प्रदेश प्रमुख प्रा.डा गोविन्द तुम्वाहाङको उपस्थितिमा उनलाई सपथ गराइएको हो।नेपालको संविधान २०७४ को धारा १६० अनुसार आचार्यलाई मुख्यमन्त्री शेरधन राईले नियुक्तीको लागी चैत २३ गते सिफारिस गरेका थिए।

मन्त्रीपरिषदको सिफारिसपछि आचार्यलाई चैत २५ गते प्रदेश प्रमुख तुम्वाहाङले नियुक्ती गरेका हुन्। आचार्य मुख्यमन्त्रीको कानूनी सल्लाहाकारका रुपमा रहनेछन्। उच्च अदातलको न्यायाधीश सरह उनले काम गर्नेछन्।

बरिष्ठ अधिवक्ता भइसकेका वकिलहरुबाट न्यायाधीवक्ता नियुक्ती गर्न सक्ने प्रावधान रहेको छ। आचार्य २०५७ सालमा नेपाल वार एशोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष र ०५० मा मोरङ जिल्ला अध्यक्ष समेत थिए। त्यसअघि, २०४४ सालदेखि विराटनगरको जनता ल क्याम्पसमा प्राध्यापनमा जोडिएका थिए।

चैत १२, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्