गुडबाई ‘हेल अन अर्थ’

गृहयुद्धले ग्रस्त भएको सिरियाको पूर्वी गुटाको अवस्था लगातारको युद्धका नाजुक बनेको छ । पूर्वी गुटा अहिले भग्नावशेषको शहर बनेको छ ।

सन् २०१३ देखि बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा गएको फब्रुअरीदेखि सिरियाली सेनाले रुसको सहयोगमा बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ ।

यस क्रममा अहिलेसम्म १६०० भन्दा बढी मानिसको ज्यान गएको छ । यसमा बालबालिका पनि धेरै रहेका छन् । पूर्वी गुटाको डुमाको केही क्षेत्र बाहेक अरु ठाउँमा सरकारी सेनाले आफ्नो नियन्त्रण कायम गरेको छ।

पछिल्लो पटक पूर्वी गुटाका स्थानीय दुई बिद्रोही समूहबिच भएको सहमति अनुसार बिद्रोही लडाकु, उनीहरुका परिवार तथा स्थानीय बासिन्दा त्यहाँबाट बाहिर निस्किएका छन् ।

त्यसका लागि बसको व्यवस्था गरिएको छ भने त्यसमा सानो आकारको मेडिकल टिमको पनि व्यवस्था छ । यसैगरी पानी तथा खानेकुरा पनि साथमा दिने गरिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले पृथ्वीको नर्क बताएको पूर्वी गुटामा अब सीमित मानिस रहेका छन् । उनीहरुको भविष्य अनिश्चित बनेको छ ।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्