नेप्से परिसूचक दुई घण्टामै ३३ अंकले घट्यो, लगानीकर्ताको मनोबल घट्दो

काठमाडौं- मंगलबार पनि नेप्से परिसूचक घट्ने क्रम रोकिएको छैन। समाचार तयार पार्दा सम्म परिसूचक ३२.९७ अंकले घटेर ११३५.५८अंकमा पुगेको छ।

अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्ति पछि सोमबार ५२ अंकले परिसूचक ओरालो लागेको सेयर लगानीकर्ताले आरोप लगाएका थिए।

मंगलबार दिउँसो १ बजे सम्म १ सय ३८ कम्पनीको १८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

ब्रोकरहरु बजार घट्नुको मुख्य कारण अर्थमन्त्रीको अभिव्यक्ति  भन्दा पनि तरलता अभाव भएको बताउँछन्।

बजारका सम्बन्धमा नीतिगत सुधार नहुँदा सम्म परिसूचक माथि नजाने एक ब्रोकरले बताए। उनले भने, बैंकले ‘मार्जिन कल’ बढाएका छन् त्यसले पनि लगानीकर्तालाई पेनिक बनाएको छ।

अर्थमन्त्रीले बजारमा लगानी गर्नुस् भन्दा एक दूई दिन परिसूचक उकालो लागे पनि तरलता समस्या समाधान गर्दै ब्याजदर नघट्ने हो भने बजार बढ्न नसक्ने उनको भनाई छ।

एक हदसम्म अर्थमन्त्रीको अभिव्यक्तिले लगानीकर्ताको मनोबल पनि घटाएको अर्का ब्रोकर बताउँछन्। सरकारले तरलता समस्या सम्बोधन गर्न सक्यो भने बजार बढ्ने सक्ने उनको आकलन छ।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्