घट्दो बजारमा थपियो ‘लगानी व्यवस्थापन’ गर्ने नयाँ कम्पनी

काठमाडौं- सेयर बजार ओरालो लागिरहँदा लगानी व्यवस्थापन गर्ने नयाँ कम्पनी थपिएको छ।

वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकले नेपाल धितोपत्र बोर्डबाट लगानी ब्यवस्थापन गर्ने अनुमती पाएको हो।

५ करोड रुपैयाँ चुक्ता पुँजी भएको वेल्थ म्यानेजमेन्टको मैतिदेबीमा कार्यालय रहेको छ।

यस अघि २२ कम्पनीले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापनको अनुमति लिएका छन्।

वेल्थ म्यानेजमेन्टका प्रमुख सचिन सिलवालले सानो सानो पुँजीलाई लगानीकर्ताको हितमा हुने गरि पुँजी बजार र पैसा बजारमा लगानी गर्ने बताए। सिलवाल पुर्व ब्रोकर हुन्।

वेल्थ म्यानेजमेन्टका अन्य संचालकमा अमित सुबेदी, पुरुषोत्तम राज चिमौरिया रहेका छन्।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्