कूटनीतिक प्रतिनिधिसँग प्रधानमन्त्री

प्रधानमन्त्रीले दिए, सम्बृद्ध र खुसी नेपालका ६ सूत्र

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग मंगलबार बालुवाटारमा भेट्दै आफ्नो सरकारका प्राथमिकताहरु खुलस्त गरेका छन्।

उनले नेपाल राजनीतिक स्थायीत्वको चरणमा प्रवेश गरेको पनि कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जानकारी दिए। उनले सम्बृद्ध तथा खुसी नेपालको स्थापना नेपाल सरकारको लक्ष्य भएको भन्दै यसका लागि छ आधारभूत स्तम्भहरुको पनि उनले उल्लेख गरेका छन्।

लक्ष्य प्राप्तिका लागि १, राष्ट्रियता, २, मौलिक हक र प्रजातन्त्रमाथि नेपालको प्रतिबद्धता, ३. समानतामा आधारित सामाजिक न्याय, ४, स्थीरता, प्रगति र विकास ५, सुशासनप्रति प्रतिबद्धता र ६, बृहत् मूल्यमा आधारित सहभागितामूलक, दिगो विकास गरी छ सूत्र प्रधानमन्त्रीले कूटनीतिक नियोगका प्रतिनिधिहरुसँग खुलाएका हुन्।

बालुवाटारको लञ्च बैठकमा सहभागी प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक विकासक्रम,  आफ्ना सरकारका प्राथमिकता र विदेश नीतिका प्राथमिकता गरी तीन मुख्य विषयमा कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग स्पष्ट गरेका छन्।

उनले असोज २०७३  मा अत्यन्त प्रगतीशील र  प्रजातान्त्रिक  आएको र स्थानीय तह,  प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक गरेको स्मरण गरे। संसदमा ४१ प्रतिशत महिला प्रतिनिधित्व गराएको पनि उनले स्मरणगरे। संघीय सरकार पूर्णत सञ्चालनमा आएकोसमेत उनले स्पष्ट गरे।

नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोगलाई पनि प्रधानमन्त्रीले वैदेशिक नीतिको आधारका रुपमा प्रस्ट्याएका छन्।

कुटनीतिक नियोगसँग भएको छलफलबारे जानकारी दिँदै बैठकबाट बाहिरिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजनीतिक स्थायीत्व र आर्थिक सम्बृद्धिको युग सुरु भएको जानकारी प्रधानमन्त्रीले कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई दिएको बताए।

प्रधानमन्त्रीले दिएका छ आधारभूत खम्बाबारे पनि परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसँग जानकारी दिएका थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि मिसन प्रमुख र राजदूतहरुसँग प्रधानमन्त्री ओलीले सरकारका नीति नियम, प्राथमिकता, अबका योजनाबारे ब्याख्या गरेको जानकारी दिए। ‘अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध सहितको सहकार्य राख्न चाहेका छौँ,’ उनले भने, ‘नेपाली समाजलाई सामाजिक र आर्थिक रुपमा परिवर्तन गर्न चाहन्छ यो सरकार भनी हामीले कुरा राख्यौँ।’

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्