चोरी गरी फरार रहेका दुईजना पक्राउ

धुलिखेल- चोरी गरी फरार रहेका दुई जनालाई मंगलबार पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही ठाउँका गणेश लामा रहेका छन्।

उनीहरु मण्डन देउपुर नगरपालिका–२ मा चोरी गरी फरार रहेका थिए। दुवैजनालाई मंगलबार सार्वजनिक गरिएको हो।

प्रहरीले उनीहरुका साथबाट रु एक लाख ६ हजार, दुई हजार भारतीय रुपैयाँ, मोबाइल तीन थान, सुनको सिक्री एक थान, औठी एक थान तथा चोरी गर्न प्रयोग गरिएको एउटा गाडी जफत गरिएको शाहले बताए।

मुण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलमा गत शनिबार चोरी गरी फरार भएपछि तामाङको जाहेरीका आधारमा उनीहरुलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्