मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री वासिङ्टनमा

वासिङ्टन-अमेरिकी उपविदेशमन्त्री जोन सुलिभ्यानले सोमबार मलेसिया र इन्डोनेसियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

मलेसियाका विदेश मन्त्री अनीफाह अमान र इन्डोनेसियाका विदेश मन्त्री रेत्नो मर्सुदी जोनसँग उहाँले सोमबार छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नावेर्तकाअनुसार सुलिभ्यान र अमानबीच अमेरिका र मलेसियाबीचको साझेदारी र कुटनैतिक क्षेत्रका साथै आर्थिक र सुरक्षा व्यवस्थाबारे वार्ता भएको थियो।

त्यसैगरी मर्सुदी र सुलिभ्यानबीच भएको भेटवार्तामा पनि दुई देशबीचको सम्बन्धलाई थप सुमधुर र विस्तार गर्ने तथा अन्य अन्तरराष्ट्रिय मुद्दामा समेत वार्ता भएको बताइएको छ।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्