जिल्ला अदालत परिसरबाट बम निस्क्रिय

ताप्लेजुङ- जिल्ला अदालत ताप्लेजुङ परिसरमा मंगलबार दिउँसो प्रेसरकुकर बम फेला परेको छ।

अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको बारीमा बम भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

संकटकालका बेला सो क्षेत्रमा सुरक्षाकर्मीको बसेकाले त्यही समयमा बम राखिएको हुन सक्ने अनुमान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्‍नेतले बताए।

यसैबीच उक्त बमलाई आजै अपराह्न नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्