एसइइ दिएर नदीमा नुहाउन गएका विद्यार्थीको डुबेर मृत्यु

साङ्केतिक तस्बिर

बैतडी- जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ।

स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेका डिलाशैनी–६ का राजेन्द्र कठायतको चौलानी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार विज्ञान विषयको परीक्षा दिएर नुहाउन स्थानीय चौलानी नदीमा साथीहरुसँग गएका उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

चैत १३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्