डरलाई जित्यो ब्राजिलले, लियो जर्मनीसँग बदला

गोल अन्तर कम नै किन नहोस्, ब्राजिलले चार वर्ष अघि विश्वकपमा बेहोरेको खराब हारको बदला जर्मनीसँग लिएको छ ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा ब्राजिल जर्मनीसँग ७–१ ले हारेको थियो । त्यो हारले यस्तो गरायो कि ब्राजिलका समर्थकदेखि खेलाडीसम्म सबै जर्मनीसँगको खेलमा डरमात्रै हुने भयो ।

यो चार वर्षको बिचमा यि दुई देशबिच कुनै खेल भएन मात्रै रह्यो ७–१ को हारको डर । तर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत मंगलबार राति भएको खेलमा ब्राजिलले जर्मनीलाई उसकै मैदानमा रहयो र डरको लामो क्रम समाप्त गरेको छ ।

बर्लिनमा भएको खेलमा ब्राजिलले जर्मनीलाई १–० ले रहाएको हो । यसको अर्थ ब्राजिलले आफू हारको बदला लिन मात्रै होइन विश्वकपको उपाधि जित्नका लागि पनि तयार छौँ भनेर दिएको छ । किनकी जर्मनी साबिक विश्वविजेता हो ।

ब्राजिलको जितमा ३७ औँ मिनेटमा गाब्रिएल जिससले गोल नै निर्णायक बन्यो । योसँगै जर्मनीको अपराजित यात्रा टुंगिएको छ । पछिल्ला २३ खेलमा जर्मनी पहिलो पटक पराजित भएको हो ।

जिससले अर्को पनि गोल गर्ने मौका बनाएका थिए तर त्यसमा भने चुके । जर्मनी सन् २०१६ को युरोकपमा फ्रान्ससँग २–० ले हारेपछि पहिलो पटक पराजित भएको हो ।

घरेलु मैदानमा विश्वकपको सेमिफाइनलमा हारेको ब्राजिल मंगलबार राति बर्लिनमा जर्मनीसँग खेलेको हो । ब्राजिल त्यस बेला पनि नेइमार बिना थियो र अहिले पनि नेइमार बिना नै मैदानमा उत्रिएको थियो । नेइमार उ बेला पनि चोटग्रस्त थिए र अहिले पनि ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्