पोग्बा र एमबाप्पेको गोलमा फ्रान्स विजयी, विश्वकप आयोजक रुस पराजित

विश्वकप फुटबलको तयारीमा रहेको फ्रान्सले आयोजक रुसलाई मैत्रीपूर्ण खेलमा हराएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा आयोजक रुस फ्रान्ससँग ३–१ ले पराजित भएको हो ।

फ्रान्सलाई जिताउन केलियन एमबाप्पेले दुई तथा पउल पोग्बाले एक गोल गरे । रुसका लागि स्मोलोवले एक गोल फर्काए । ४० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै भ्रमण टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४९ औँ मिनेटमा पोग्बाले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि ६८ औँ मिनेटमा स्मोलोवले रुसका लागि एक गोल फर्काए । ८३ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ३–१ ले विजयी भयो ।

अर्को खेलमा स्वीट्जरल्याण्डले पानामालाई ६–० ले हरायो । पानामा पहिलो पटक विश्वकप खेल्दैछ । राति नै भएको खेलमा इंग्ल्याण्डले इटालीसँग १–१ को बराबरी खेलेको छ । अरु खेलमा स्कटल्याण्डले हंगेरीलाई १–० तथा जर्जियाले इस्टोनियालाई २–० ले हरायो ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्