इस्कोको खुट्टामा गरे कप्तानले चुम्बन

विश्वकप फुटबलको तयारीमा रहेको अर्जेन्टिना मैत्रीपूर्ण खेलमा स्पेनसँग ६–१ गोलको फराकिलो अन्तरले पराजित भयो । चोटका कारण स्टार स्ट्राइकर लियोनल मेस्सी बिना मंगलबार राति मैदानमा उत्रिएको अर्जेन्टिना स्पेनसँग हारेको हो ।

घरेलु टोली स्पेन जिताउने क्रममा इस्कोल ह्याट्रिक गरे । उनले २७, ५२ र ७४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । स्पेनका लागि डिएगो कोस्टा, थिएगो एलकान्तारा र इएगो एस्पासले एक एक गोल गरे ।

यो खेलमा ह्याट्रिक गरेर टोलीलाई शानदार जित दिलाएका इस्को सबैको प्रिय पात्र बने । भयो यहाँसम्म कि टिमका साथीले उनलाई अंकमाल गरे, चुम्बन गरे ।

त्यो भन्दा पनि ठूलो कुरा स्पेनिस टिमका कप्तान सर्जियो रामोसले इस्कोको खुट्टामै चुम्बन गरे । इस्कोले ह्याट्रिक पूरा गरेपछि रामोसले उनको बुटमा चुम्बन गरेका हुन् । सन् २०१० मा विश्वकप जितेको स्पेन पछिल्ला १८ खेलमा अपराजित छ ।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्