सेयर बजारमा तीब्र उछाल, ४० मिनेटमै २० अंकको गिरावट

काठमाडौं-सेयर बजारमा तीब्र उछाल देखिएको छ। बजार खुलेको १० मिनेटमै दोहोरो अंकले उकालो लागेको बजार अर्को १० मिनेट भित्रैमै दोहोरो अंकले ओरालो लागेको छ।  समाचार तयार पर्दा सम्म १ सय १५ कम्पनीको ८ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। कारोबार सुरु भएको ४० मिनेटमा २०.२५ अंकले घटेर नेप्से परिसूचक ११८७.४ अंकमा पुगेको छ।

सोमबारमा अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्तिलाई लिएर ५२ अंकले घटेको नेप्से परिसूचक मंगलबारमा अन्तिम दूई घण्टामा सरकारले स्वतपत्र मार्फत सेयर बजारमा सम्बोधन गर्दैछ भन्ने हल्ला चले पछि अन्तिममा ३९ अंकले बढेको थियो।

सोमबार सुरुको दुई घण्टामा नेप्से परिसूचक ३२ अंकले ओरालो लागेको थियो।

सेयर बजारका जानकारहरु स्वतपत्र मार्फत सम्बोधन भन्दा पनि ब्याजदर ओरालो नलाग्दा सम्म सेयर बजार बढ्न नसक्ने बताउंँदै आएका छन्।

चैत १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्